काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको एक राज्यबाट सबैको होस उडाउने खबर आएको छ ।

भारत, बिहारको मुजफ्फरपुरमा डाक्टरको लापरवाहीको एक ठूलो घटना बाहिर आएको हो । जसकारण मोतीयाबिन्दुको शल्यक्रिया गराएका २७ जनाको आँखाको ज्योति गुमेको छ ।

मुजफ्फरपुरको आँखा अस्पतालमा चिकित्सकीय लापरबाहीले यस्तो अवस्था आएको हो । डाक्टरले मापदण्डभन्दा बढी शल्यक्रिया गरेको खुल्न आएको छ । शल्यक्रिया गरिएका अधिकांश बिरामीको कोर्नियामा क्षति पुगेको छ ।

अहिलेसम्म सात जना बिरामीको आँखा निकाल्नुपर्यो । जुरान छपरास्थित मुजफ्फरपुर आँखा अस्पतालमा मोतियाबिन्दुको शल्यक्रियापछि धेरैमा संक्रमण देखिएको छ । त्यसपछि बिरामीहरुले हंगामा सुरु गरेका छन् ।

अस्पताल परिसरमा बिरामीहरु पीडाले कराउन थाले तर हेर्ने कोही भएनन् । आँखा अस्पतालमा मापदण्डभन्दा बढी शल्यक्रिया गरेको कुरा बाहिर आएपछि मंगलबार ५ सदस्यीय टोली छानबिन गर्न पुगेको थियो ।

जसमा सदर अस्पतालका ३ जना र एसकेएमसीएचका २ जना सदस्य थिए । टोलीको नेतृत्व एसीएमओ डा एसपी सिंहले गरिरहेका छन् । अनुसन्धान टोली आँखा अस्पताल पुगेपछि हलचल मच्चिएको थियो ।

टोलीले अस्पतालमा परिक्षण गरेको थियो । त्यसपछि धेरै बिरामीसँग कुरा गरे, कसरी शल्यक्रिया गरियो, त्यसपछि समस्या कसरी भयो ? आखिर किन आँखा बाहिर निकाल्नु पर्यो ? यसबारे धेरै बिरामीहरुसँग छलफल पनि गरियो । टोलीले शल्यक्रिया गर्ने चिकित्सकलाई पनि सोधपुछ गरेको छ ।

सुरुमा शल्यक्रिया गर्ने डाक्टरले शल्यक्रिया गरेको कुरालाई अस्वीकार गरे, तर पछि स्वीकार गरेका हुन् । बिरामीहरूको नाम र ठेगाना पनि प्रमाणित गरिएको छ ।

घटनास्थलमा पुगेका आधा दर्जनभन्दा बढी बिरामी देखिएपछि उनीहरूलाई एसकेएमसीएचमा पठाइएको थियो । आधा दर्जन बिरामीलाई आपतकालमा भर्ना गरिएको छ । डिएमले अर्को आदेश नभएसम्म आँखा अस्पतालमा शल्यक्रिया नगर्न निर्देशन दिएका छन् ।

 

सम्बन्धित खबरहरु