काठमाडौ । सुनसरी इटहरीकी १९ बर्षीया मनिला सिंखडा र इटहरी कै २१ संगम घिमिरे गहिरो प्रेम सम्बन्धमा थिए ।

उनीहरु एक अर्का ७ औ जुनिसम्म सँगै बस्ने बाचा गरिसकेका थिए । यसैले घरमा सल्लाह गरेर विवाह गर्ने मिति तय भयो । टिकाटालो सकियो ।

अब विवाह गर्ने दिन मात्र ७ दिन बाँकी थियो । तर संगम भयानक सडक दुर्घटनामा परे । उनको टाउकोमा गहिरो चोट लाग्यो ।

५ दिनपछि मात्र उनले यसो चलाउँदा आँखा खोल्न थाले । बाँच्छ भन्ने कोही थिएन । बाँचेपनि दिमागले काम गर्दैन भनेर चिकित्सकले नै सबैलाई हरेस ख्वाइसकेका थिए ।

तर उनकी प्रेमीका जो विवाह गर्न बाँकी थियो तर विवाहको मिति तय भइसकेको थियो । उनै मनिलाले भने कहिलै हरेस खाइनन् । उनले आफ्ना प्रेमीको खुबै स्याहार सुसार गरिन् ।

७ महिनासम्म संगम बोल्ने उठ्ने केही गरेनन् । उनको कोमा अवस्थामा मनिलाले खुबै स्याहार गरिन् । ७ महिनापछि संगमको होस खुल्यो ।

तर विडम्वना संगमको कहिलै सुन्न नसक्नेगरी सुन्ने क्षमता भने गुमेको रहेछ । तरपनि मनिलाले उनै संगमसँग विवाह गर्ने निधो गरिन् ।

उनीहरुको विवाह भयो । अहिले छरछिमेक, इष्टमित्र र चिन्नेहरु मनिलालाई कलियुगकी मुना भनेर बोलाउने गर्छन् ।

अर्थात कलियुगकी सच्चा प्रेमीकाको उपमा उनले पाएकी छिन् । उनीहरु अहिले टिकटकमा खुबै भाइरल छन् । दुनियाँले चिन्न थालेको छन् । मनिलालाई प्रसंशाका शब्दहरुले खुबै हौसला दिने गरिएको छ ।

सम्बन्धित खबरहरु