काठमाडौ । देशको राजधानीस्थित संसद भवनमा आगलागी भएको खबर छ ।

बुधबार छिमेकी मुलुक भारतको राजधानी दिल्ली स्थित भवनको एउटा कोठा (५९ नम्बर) मा एक्कासी आगो लागेर थप फैलन थालेको बताइएको छ ।

आगलागीको यस घटनाको बारेमा धेरै जानकारी प्राप्त हुन नसकेको भएपनि यस घटनासँग सम्बन्धित जुनसुकै जानकारी प्राप्त भईरहेको अनुसार आगलागीबाट धेरै धनमालमा क्षति पुगेको छ ।

आगलागीको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको दमकलको टोलीले आगो नियन्त्रणमा लिएको छ । स्मरण रहोस्, अहिले संसद भवनमा हिउँदे अधिवेशन चलिरहेको छ ।


यसैगरी आजै इरानको संसद भवनमा भयानक आगलागी भएको खबर बाहिर आएको हो ।

आगलागीपछि सांसदहरूलाई हटाइएको फार्सले जनाएको छ । तर अन्य केहि समाचारहरुमा आगलागी इरानको संसदमा नभई इराकी संसदमा भएको बताइएको छ ।

आगलागीबारे अहिलेसम्म कुनै विस्तृत जानकारी आइसकेको छैन । फार्स समाचार एजेन्सी इरानका सर्वोच्च नेता अली खामेनीको सशस्त्र शाखा इस्लामिक रिभोलुसनरी गार्ड कोरद्वारा व्यवस्थित गरिएको इरानको समाचार संस्था हो । त्यसकारण पनि आगलागीको खबरलाई आधिकारिक मानिएको छ ।

 

सम्बन्धित खबरहरु