काठमाडौं । विश्वभर कोरोना महामारीको संक्रमण डरलाग्दो बन्दैछ । कोरोनाको नयाँ नयाँ स्वरुप आइरहेको छ । गत हप्ता इजरायलमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको पहिलो संक्रमित फेला परेका थिए ।

इजरायली सञ्चारमाध्यमहरुका अनुसार अब थप दुई जना डाक्टरलाई पनि यो नयाँ भेरियन्ट देखिएको छ । यी दुवै डाक्टरले कोभिडको दुवै डोज खोप लिएका थिए । दुईवटा खोपसँगै दुवै डाक्टरलाई बुस्टर शट पनि दिइएको थियो ।

समाचार अनुसार इजरायलमा हालसम्म ४ जना ओमिक्रोनबाट संक्रमित भएका छन् भने १० जनालाई निगरानीमा राखिएको छ । दुवै चिकित्सक एउटै अस्पतालमा कार्यरत रहेको बताइएको छ । एक डाक्टर भर्खरै लन्डनबाट गएका थिए ।

रिपोर्टका अनुसार विमानमा चढ्दा उनको परीक्षण नेगेटिभ आएको थियो तर केही दिनपछि लक्षण देखा परेका हुन् । अधिकारीहरूले नोभेम्बर ३० मा ओमिक्रोन पुष्टि गरेका थिए । बेलायतबाट फर्किएपछि डाक्टरको शल्यक्रिया गरिएको र दुईवटा कार्यक्रममा पनि सहभागी भएको बताइएको छ ।

ओमिक्रोन भेरियन्ट रोक्न इजरायलले गत हप्ता सबै बैदेशिक उडान बन्द गरेको छ । इजरायलले आफ्ना नागरिकहरूलाई खोप लगाएपछि विदेशीहरू जान अनुमति दिने बताएको थियो ।

हालै एक विवादास्पद कदमका कारण इजरायली सरकार आलोचित हुनु परेको थियो । प्रधानमन्त्री नफ्ताली बेनेटले देशको गुप्तचर एजेन्सीलाई कोरोनाभाइरसको नयाँ संस्करणसँग लड्न मानिसहरूको स्माट फोनहरू ट्र्याक गर्न अनुमति दिएका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु