एजेन्सी । छिमेकी मुलुक भारतको तमिलनाडुको बेंगलुरुबाट करिब ६० किलोमिटर टाढा डोड्डी गाउँमा सात टाउके नागको काँचुली भेटिएको छ ।

यसलाई हेर्न उक्त स्थानमा निकै ठूलो भीड लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । दैनिक हज्जारौ मानिसहरु फुलपाती, भेटी, अक्षता लिएर पूजा गर्न पुगेका छन् ।

उनीहरुको लाइन मिलाउन नै हम्मेहम्मे परेको छ । मानिसहरुले त्यहाँ सात टाउके नाग त देखेनन् तर उनीहरुले काँचुली देखेर नै निकै आश्चर्य जनाइरहेका छन् ।

त्यो ठाउँमा सात टाउको वाला नागको काँचुली भेटेपछि निकै धेरै मानिस त्यहाँ पुगेका छन् ।

त्यहाँको मन्दिरका एक पुजारीले यो काँचुली देखेका थिए । उनले काँचुली देखेपछि नियालेर हेर्दा केही पर सात वटा टाउको छुटिएको काँचुली भेटेका थिए ।

मन्दिर वरपर सफाइ गर्दा त्यो काँचुली भेटिएकाले पनि त्यसलाई दैवीशक्ति मानिएको छ । त्यो मन्दिर शक्तिशाली भएको कुरा यसले पनि प्रमाणित गरेको त्यहाँका व्यक्तिहरुले दाबी गर्न थालेका छन् ।

 

सम्बन्धित खबरहरु