काठमाडौं । अफगानिस्तान–इरान सीमा नजिकै इरानी सैनिकहरू र तालिबान सेनाहरू बीच झडप भएको छ । तर कुनै हताहत नभएको बताइएको छ । गलत बुझाईको कारण सो झडप भएको थियो । बुधबार केही भिडियोहरूमा तालिबानी सेना परिचालन भएको देखाइएको छ ।

बन्दुकको आवाज सुन्न सकिन्छ, तालिबानले फायर खोलेपछि जवाफमा इरानी सेनाले तोपका गोलाहरू प्रहार गरेको देखिएको हो । अर्ध–आधिकारिक इरानी समाचार एजेन्सी तस्निमले हिरमान्ड काउन्टीको साघलक गाउँमा उक्त घटना भएको पुष्टि गरेको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बन्ध रहेको तस्निमले तस्करी विरुद्ध लड्न अफगानिस्तानसँग सीमा जोडिएको इरानी भूमिमा पर्खाल लगाएको क्षेत्र रहेको बताएको छ ।

केही इरानी किसानहरूले पर्खाल पार गरे तर अझै पनि इरानको सीमाभित्र थिए जब तालिबान सेनाले आफ्नो पक्ष उल्लङ्घन भएको ठानेर गोली चलाएको थियो ।

लडाइँ सकिएको थियो र इरानी अधिकारीहरूले तालिबानसँग स्थितिबारे छलफल गरिरहेका थिए । त्यसपछि बुधबार, इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले एक विज्ञप्तिमा तालिबानको नाम नलिई सीमाका बासिन्दाहरू बीचको गलत बुझाईले लडाई भएको बताएका थिए ।

एउटा भिडियोले कथित रूपमा इरानी ग्यारिसन भित्र तालिबानी सेनाहरू देखाएको छ, रिपोर्टहरूले धेरै चौकीहरू कब्जा गरेको दाबी गरेको छ । केही प्रकाशित फुटेजहरू लडाईको प्रारम्भिक क्षणका थिए, सीमा बलहरूले अब सीमामा पूर्ण नियन्त्रण राखेको जनाएका हुन् ।

अहिले उक्त क्षेत्र शान्त रहेको बताएको छ । सिस्तान र बलुचेस्तानका गभर्नरका सुरक्षा सहायक मोहम्मद मराशीले इरानी सरकारी टेलिभिजनलाई झडपहरू गम्भीर नभएको जनाएका छन् ।

सम्बन्धित खबरहरु