काठमाडौं । राप्रपा नेतृ रेखा थापा महामन्त्री उठ्ने पक्का भएको छ । अभिनेत्री समेत रहेकी थापा राप्रपाको जारी महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने भएकी हुन् । त्यसका लागि भृकुटीमण्डपमा उनको ब्यापक प्रचार प्रसारसमेत हुँदैछ ।

राजेन्द्र लिङ्देन प्यानलबाट महिलातर्फ महामन्त्रीमा उम्मेदवारी दिन लागेकी रेखा थापाको ब्यानरसहित कार्यकर्ताहरुले नाराबाजी गर्दै रेखा थापालाई भोट दिन अपील गरेका छन् । उनीहरुले ‘पूर्व–पश्चिम के भन्छ–रेखा थापा ले भन्छ, रेखा थापा–आइ लभयु’ जस्ता नारा घन्काएर भोट मागेका हुन् ।

राप्रपामा एक महिलासहित तीन जना महामन्त्री रहने विधानको व्यवस्था छ । नेतृ थापाले महिलातर्फ कुन्ती शाहीसँग भिड्नुपर्ने भएको छ । अध्यक्ष कमल थापा पक्षले शाहीलाई महामन्त्रीमा उठाउन लागेको हो ।

सम्बन्धित खबरहरु