काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा पहिलो ओमिक्रोन संक्रमित फेला परेका छन् । भारतमा नयाँ भेरियन्ट ओमिक्रोनबाट दुई जना संक्रमित भएका हुन् । भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा पहिलो पटक कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई संक्रमित फेला परेका छन् । भारत सरकारका अनुसार दुवै घटना कर्नाटकका हुन् । यी दुई संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण भइरहेको छ ।

भारत सरकारले ओमिक्रोनबारे चिन्ता लिनुपर्ने अवस्था नरहेको तर सचेतना अत्यन्त जरुरी रहेको बताएको छ । बिहीबार, स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले भारतमा ओमिक्रोन संक्रमणको दुई घटनाको पुष्टि गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा लभ अग्रवालले हिजो राति इन्साकोगले कर्नाटकमा दुई जनामा ​​कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको बताएका छन् ।

उनका अनुसार ६६ वर्षीय पुरुष र ४६ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण देखिएको छ । लभ अग्रवालले संक्रमितको सम्पर्कमा अझै कति जना आएका छन् भन्ने यकिन नभएको उल्लेख गरेका छन् ।

सम्बन्धित खबरहरु