काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित कार्यतालिका अनुरुप राष्ट्रिय सम्मेलनको उद्घाटन पुस ११ गते काठमाडौंस्थित प्रज्ञा भवनमा हुने भएको छ ।

माओवादी केन्द्रको बिहीबार कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बसेको स्थयी कमिटी बैठकले राष्ट्रिय सम्मेलन तोकिएकै समयमा सम्पन्न गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

माओवादी केन्द्रमा हालसम्ममा सात लाख छ हजार पाँच सय पार्टी सदस्य संख्या पुगेको बताउनुहुदै उहाँले यो संख्या आठ लाखसम्म पुग्ने बताउनुभएको छ ।

‘राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा उद्घाटन हुनेछ । प्रक्रिया केही ढिला भए दुई दिनसम्म थपेर पुष १५ गतेसम्म जान सक्नेछ’, महराले बताउनुभयो ।

यसअघि एकैदिन सम्पन्न भएको वडा र पालिका सम्मेलन उत्साह पैदा गरेको बताउनुहुदै उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुनेछ ।

सम्बन्धित खबरहरु