काठमाडौं । बैतडीमा विहीबार अपरान्ह जीप दुर्घटना हुँदा १० जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहको छ ।

विहीबार बैतडी सदरमुकाम गोठलापानीबाट दोगडाकेदार जाँदै गरेको से १ ज २२६ नम्बरको जिप अपरान्ह ४ः०० बजेतिर दोगडाकेदार गाउँपालिका–३, तारल भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर गम्भीर घाईते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–५, न्वालीका १४ वर्षीय भीम धामी, सोही ठाउँका २५ वर्षीय दीपकसिंह कार्की र प्रहरी जवानसमेत रहेका दशरथचन्द नगरपालिका ११ बर्तोलीका डम्मर महरा रहेका छन् ।

घाईते तीनै जनाको जिल्ला अस्पतालमा उपचार हुन सकेपछि धनगढी पठाइएको जिल्ला प्रहरीकार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा तीन दिन अघि बिवाह बन्धनमा बाँधिएका दशरथचन्द–११ बर्ताेली बस्ने २३ वर्षका डम्बर महरा गम्भीर घाइते हुनु भएको छ । दुर्घटनामा उहाँकी श्रीमती १९वर्षीया दुर्गा धामी सामान्य घाएते भएकी छन् ।

दुर्गा र डम्बरको यही मंसिर १४ गते विवाह भएको थियो । विवाह भएको तेस्रो दिन माईती घर जाँदै गर्दा नव दम्पति सवार जीप दुर्घटनामा परेको हो । नव दुलाहा महराको कम्मरमा गहिरो चोट लागेका बताईएको छ ।

दुर्घटनामा परेर दोगडाकेदार–५ का वीरसिंह कार्की (२८), उहाँकी श्रीमती लक्ष्मी कार्की र ८ महिने छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

अन्य घाईतमा सोही ठाउका दीपक कार्की, ठेगाना नखुलेका खेमराज भट्ट, दोगडाकेदार–४ का सागर बिष्ट, दोगडाकेदार–७ का नरेश कार्की र दोगडाकेदार–३ का भीम धामी सामान्य घाइते भएको स्थानीय खोचलेक प्रहरी चौकीका इन्चार्ज मोती बमले जानकारी दिनु भएको छ ।

सम्बन्धित खबरहरु