काठमाडौं । आज राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्दैछ । आज बिहान परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

आजको बैठकमा कक्षा १२ को नतिजा सार्वजनिकबारे छलफल हुनेछ । नतिजा आजै सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।

परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।

सम्बन्धित खबरहरु