काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

अधिवेशनको पहिलो बैठक मङ्सिर २८ गते बस्ने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा अधिवेशन आह्वान र अन्त्यको संवैधानिक व्यवस्था छ । यसअघि सङ्घीय संसद्को अधिवेशन कात्तिक १२ गतेदेखि अन्त्य गरिएको थियो ।

महत्वपूर्ण विधेयक सदनमा विचाराधीन रहेकै अवस्थामा सरकारको सिफारिसमा अधिवेशन अन्त्य गरिएको थियो  ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध जारी रहँदा अधिवेशन अन्त्य गरिएको थियो ।

सङ्घीय संसद्मा विभिन्न चरणमा ५० भन्दा बढी विधेयक विचाराधीन छन् । यस्तै एमसीसीसहितका केही सम्झौता पनि विचाराधीन छन् ।

सम्बन्धित खबरहरु