काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को शुक्रबार बिहान साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय निर्धारण भएको राप्रपा विधान मस्यौदा समित तथा निर्वाचन समितिका सदस्य एवम् वरिष्ठ अधिवक्ता राजु बस्नेतले बताउनुभयो ।

यससँगै महाधिवेशनको अन्तिम मतदाता नामावली प्रकाशन आज बिहान ११ बजे हुने जानकारी उहाँले दिनुभएको छ ।

अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ । आज बिहान ७:३० देखि साढे ९ बजेसम्म मतदाता नामावली उपर दाबी विरोध र सच्याउने काम भइरहेको छ उहाँ बताउनुहुन्छ ।

राप्रपा महाधिवेशनमा चार हजार ४७१ जनाको मतदाता नामावली रहेको निर्वाचन समितिले जनाएको छ । यसैगरी, भोलि शनिबार बिहान ८ बजेदेखि मतदान सुरुहुने पनि समितिले जनाएको छ ।

सम्बन्धित खबरहरु