काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)काे पुस ११ गते काठमाडौंमा हुन गइरहेकाे राष्ट्रिय सम्मेलनकाे प्रतिनिधि छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ ।

हिजाे बिहीबारदेखि जारी माओवादी केन्द्रकाे शुक्रबार विहान पनि काेटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेकाे स्थायी कमिटी बैठकले प्रतिनिधि छान्ने जिम्मा उहाँलाई दिइएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयाे ।

राष्ट्रिय सम्मेलनका लागि हिजाेकाे स्थायी कमिटी बैठकमा छलफल भएका केन्द्रीय प्रतिनधिसहित थप प्रतिनिधिहरुलाई पनि प्रस्तावकाे रुपमा अगाडि बढाइने गरी पार्टी उहाँलाई जिम्मेवारी दिइएकाे उहाँको भनाइ छ ।

राष्ट्रिय सम्मेलनका लागि देव गुरुङ, पम्फा भुषाल, लीलामणि पाेखरेल, जनार्दन शर्मा र मातृका यादवसहितकाे पाँच सदस्यीय विधान परिमार्जन उपसिमिति गठन भएको महराले बताउनुभयो ।

सम्बन्धित खबरहरु