काठमाडौ । राजधानी काठमाडौंको मुटु मानिएको नयाँबजारमा भीषण आगलागी भएको छ ।

त्यहाँ स्थित एक गार्मेन्ट उद्योगमा आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजेपछि भएको आगलागीबाट के कति क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन ।

आगो नियन्त्रणका लागि अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोली र दमकल पुगेको छ ।

प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी सहायक निरीक्षक तर्क बिकका अनुसार घटनास्थलमा अहिले आगो निभाउने काम भइरहेको छ ।

काठमाडौं उपत्यकाको ३ वटा, नेपाल आर्मीको १ वटा, ललितपुर र भक्तपुको १–१ वटा गरी ६ वटा दमकलले आगो निभाइरहेका छन् ।

आगो अत्यन्तै ठूलो छ । गार्मेन्ट उद्योग भएकाले उत्पादन गरिएका बस्तुहरुमा आगो लागेकाले ठूलो रुप छ । वरिपरिका घरहरुपनि उच्च जोखिममा रहेकाले बचाउने प्रयास भइरहेको छ ।

आजका पपुलर पोष्टहरु हेर्नुहोस् ।

सम्बन्धित खबरहरु