काठमाडौं । नेपालमा आठ महिनापछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य भएको छ ।

शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसभन्दा अघि गत वर्षको चैत २७ गते कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार मङ्सिर १ गते एक जना, २ गते छ जना, ३ गते पाँच जना, ४ गते एक जना, ५ गते एक जना, ६ गते चार जना, ७ गते पाँच जना, ८ गते पाँच जना, ९ गते तीन जना र १० गते दुई जनाको सङ्क्रमणको कारण मृत्यु भएको थियो ।

त्यसैगरी ११ गते तीन जना, १२ गते दुई जना, १३ गते एक जना, १४ गते दुई जना, १५ गते तीन र १६ गते छ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयले कोरोनासम्बन्धि सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत जेठ ४ गते सबैभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको थियो । यस दिन २४६ जनाले सङ्क्रमका कारण ज्यान गुमाउनुपरेको थियो ।

सम्बन्धित खबरहरु