काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार सरकारबीच शुक्रबार सन् २००५ मा भएको श्रम सम्झौता पुनरवलोकन गर्ने सहमति भएको हो ।

नेपाल सरकारको प्रस्ताव अनुसार कतारले शुक्रबार काठमाडौँमा बसेको बैठकमा श्रम सम्झौता पुनरवलोकन गर्न सहमति जनाएको हो ।

नेपाल कतारबीच भएको द्विपक्षीय सम्झौताका कतिपय पक्षमा समसामयिक सुधार गरी नयाँ सम्झौता गर्ने सहमति भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।

साथै कतार भिसा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतारी पक्ष सहमत भएको छ । नेपालबाट जाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सातवटै प्रदेशमा तालिक केन्द्र स्थापना गर्न पनि सहमति जनाएको हो ।

‘कतारमा जानसक्ने सम्भावित मानव स्रोतलाई आवश्यक सीपयुक्त तालिम दिई क्षमतायुक्त बनाउन नेपालले प्रस्ताव गरे अनुरुप ७ वटै प्रदेशमा तालिम केन्द्र स्थापनामा सहयोग गर्ने सहमति भएको छ’, बैठकपछि मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबरहरु