एजेन्सी । टर्कीका फोटोग्राफर मेहमत असलनले एउटा यस्तो तस्वीर खिचेका छन् ।

जसले जो कोहीको आँखा रसाउँछ । यो तस्वीर केवल कसैलाई भावुक बनाउने मात्रै होइन हारिसकेका मानिसहरुको हिम्मत र हौसला बढाउने पनि क्षमता राख्छ ।

यो अहिले सर्वत्र फैलिरहेको छ । यो तस्वीरका पिता र पुत्रको प्रेम देखिएको छ ।

यी पिता–पुत्र जीवनमा आएका लाखौं कठिनाइलाई पार गर्दै मुस्कुराइरहेका छन् । यो तस्वीरलाई यस वर्षको सर्वश्रेष्ठ तस्वीर चुनिएको छ ।

मेहमत असलनले यो फोटो सिरिया–टर्की सीमा नजिकै हैटे प्रान्तको रेहनालीमा बसिरहेका एक सिरियाली शरणार्थी परिवारका पिता पुत्रको खुसी देखाउन खोजेका छन् ।

तस्वीरमा देख्न सकिन्छ कि पिता र पुत्र दुवै विकलांक छन् तर उनीहरु खुसीले मुस्कुराइरहेका छन् । पिताको एउटा खुट्टा छैन तर छोराको त हात र खुट्टा दुवै छैनन् ।

यो फोटोलाई सिएना इन्टरनेशनल अवार्डस २०२१ मा ‘फोटो अफ द इयर’ चुनिएको छ । फोटोमा भएका पिताले सिरियामा एक ब्लाष्टमा आफ्नो खुट्टा गुमाएका थिए ।

जबकि उनकी गर्भवती पत्नी गृहयुद्धकै क्रममा विषालु ग्यासको सम्पर्कमा आइन् जसका कारण उनीहरुका छोरा हात–खुट्टा नभएका जन्मिए ।

सिरिया एक दशकभन्दा धेरै समयदेखि गृहयुद्धसँग जुधिरहेको छ । अहिलेको समयमा विश्वकै सबैभन्दा ठूलो शरणार्थी संकट सिरियाको छ ।

सिरियामा ११ वर्षदेखि जारी लडाईमा ठूलो संख्यामा सिरियालीहरु घर छाडेर भाग्न बाध्य भएका छन् ।

११ वर्षमा करिब ६६ लाख सिरियालीहरु शरणार्थी बनेका छन् । सिरियाबाट ३६ लाख मानिस टर्कीमा, ८ लाख लेबनानमा, ६ लाख जोर्डनमा, अढाइ लाख इराकमा, १ लाख ३० हजार इजिप्टमा शरण लिएका छन् ।

 

सम्बन्धित खबरहरु