एजेन्सी । हिन्दूधर्मशास्त्र अनुसार, भगवान गणेश धनका देवता हुन् । गणेशको ब्रतले धनलाभ हुने विश्वास गरिन्छ ।

गणेश भगवानको ब्रत र पूजाआराधना मंगलबार गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ ।

यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।

सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ ।

हिन्दू धर्म अनुसार भगवान् गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ ।

विशेष गरेर गणेश भगवानको पूजा मंगलबार हुने गरे पनि हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ ।

मंगलबार भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन् ।

मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागि पनि यस दिन ब्रत बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो ।

भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु.यी ११ मन्त्रहरु जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ ।

  • १ श्री गणेशाय नमः
  • २ – ॐ श्री गणेशाय नमः
  • ३ – गं गणपतये नमः
  • ४ – ॐ गं गणपतये नमः
  • ५ – ॐ गं ॐ गणाधिपतये नमः
  • ६ – ॐ सिद्धि विनायकाय नमः
  • ७ – ॐ गजाननाय नमः
  • ८ – ॐ एकदंताय नमो नमः
  • ९ – ॐ लंबोदराय नमः
  • १० – ॐ वक्रतुंडाय नमो नमः
  • ११ – ॐ गणाध्यक्षाय नमः
Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु