काठमाडौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच चुनाव सन्र्दभमा २ पटक गोप्य छलफल भएको खुल्न आएको छ ।

उहाँहरुबीच आगामी चुनाव राजनीतिक सहकार्यका बारेमा छलफल भएको बुझिएको छ ।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीसँग सहमति जुटेपछि देउवाले अबको केही महीनामै स्थानीय तहको चुनाव हुने बताउनुभएको छ । सहमति के के भयो भन्ने खुल्न आएको छैन ।

निर्वाचन घोषणाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रधानमन्त्री देउवालाई बारम्बार दवाव दिएको बुझ्न आएको छ । चैत्र भित्र अनिवार्य स्थानीय निकायको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाप्रति राष्ट्रपतिले बारम्बार सरकारको ध्यानाकर्षण गराएको स्रोतको दावी छ । अब धेरै समय नरहेकाले चुनावको मिति घोषणा गरेर तयारी तिव्र पार्न उहाँले सरकारलाई भनिरहनुभएको छ स्रोतले भन्यो ।

प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकोले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सभापति देउवाले पार्टीका सबै नेता कार्यकर्ताहरूलाई एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिनुभयो । ‘केही महीनामै स्थानीय तहको निर्वाचनमा जानेछौं ।

एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जानेछौं’ उहाँले भन्नुभयो, ‘त्यसैले हामी महाधिवेशनपछि तीनै तहका चुनाव केन्द्रत हुनुपर्छ ।’

उहाँले मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्ने पुष्टि भएको दाबी गर्दै प्रदेश अधिवशनले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित खबरहरु