काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले जरूरी सूचना प्रकाशित गरेको छ ।

२०७८ सालको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा सञ्चालन सम्बन्धी सूचना पनि प्रकाशित गरिएको छ ।

जारी सूचनामा भनिएको छ, ‘राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०७८ भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीका रूपमा सम्मिलित (रजिस्ट्रेसन नम्बरको सुरुको दुई अङ्क ७७ भएका) भई

तपसिलमा उल्लिखित मापदण्ड पूरा गरेका परीक्षार्थीहरूलाई बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको हुुदा परीक्षामा सहभागी हुने परीक्षार्थीहरूले सम्बन्धित विद्यालयका प्रधानाध्यापक/प्राचार्यबाट प्रमाणित गराई निम्न बमोजिमको समयावधिभित्र रकम बुझाई फाराम भर्नहुन अनुरोध गरिन्छ ।

सम्बन्धित विद्यालयहरूले विद्यार्थीद्वारा भरिएको फाराम, परीक्षा शुल्क वापत बोर्डको खातामा दाखिला गरिएको बैंक भौचर सहित मिति २०७८ पुस २६ गतेसम्म बोर्डका सम्बन्धित कार्यालयमा बुझाउनुहुन सूचित गरिन्छ ।’

सम्बन्धित खबरहरु