काठमाडौं । आज हामी साप्ताहिक राशिफल लिएर आएका छौं । (मङ्सिर १८ देखि २४ गतेसम्म) को तपाईंको दिन कस्तो रहन्छ भनेर ज्योतिषाचार्य दामोदरनाथ लोहनीले तयार पार्नुभएको राशिफल लिएर आएका हौं ।

मेष (चु चे चो ला लि लु ले लो अ) मिश्रित खालको साता छ । पूरा काम नबने पनि निराश हुनुपर्ने छैन । व्यावसायिक कामले अलिअलि सहयोग होला । मित्रबाट पाइने सदाशयताले भने निकै काम बन्नेछन् । मङ्गलबारको दिनमा सतर्क भएर हिँड्नुहोस् र गणेशको दर्शन गर्नुहोस् ।

वृष (इ उ ए ओ वा वी वु वे वो) सुरुको दिनमा काम बन्लाबन्ला जस्तो भए पनि आइतबारदेखि त्यसमा बाधा आउन थाल्नेछ । स्वास्थ्य त्यति राम्रो रहला जस्तो छैन । यात्रा हुने सम्भावनासमेत देखिन्छ तर विशेष उपलब्धि भने हुने छैन । शिक्षाको क्षेत्रमा लगाएको श्रम खेर जाने छैन ।

मिथुन (का कि कु घ ङ छ के को हा) साता राम्रै खालको छ । प्रशस्त सङ्घर्ष गर्नु परे पनि काममा सफलता पाइनाले मन प्रसन्न नै होला । मुद्दामामिला एवं वादविवादमा तपाईंको विजय हुने निश्चित छ । व्यापारमा आएको बाधा पनि क्रमिक रूपमा हटेर जाला । पारिवारिक स्वास्थ्यले भने खर्च गराइरहने छ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो) आर्थिक स्थिति त्यति राम्रो देखिन्न । पैसाको बचत पटक्कै हुनेछैन । हातले समातेको व्यवसाय एवं व्यापारमा पनि डाह गर्ने बढी छन् र बिगारी दिन सक्छन् । त्यसलाई हटाउन नारायणको दर्शन गर्नुहोस् । मनमा अनेक चिन्ता र तर्क, कुतर्क चल्न सक्छ ।

सिंह (मा मि मु मे मो टा टी टू टे) पूर्वाद्र्ध त्यति राम्रो देखिन्न । मङ्गलबारको बेलुकीदेखि मात्र सुधार आउला । पढाइमा नराम्रो छैन । त्यसैले बढी समय शिक्षामा नै दिनुहोस् । व्यापारबाट सामान्य लाभ मात्र हुनेछ । रिस गर्नेहरू बढी छन् । गणेशको आराधनाले मात्र तिनीहरूलाई हटाउन सकिने छ ।

कन्या (टो पा पी पू ष ण ठ पे पो) शनिबारको दिनमा केही काम होला होला जस्तो भएर बिग्रनेछ । आइतबार एवं सोमबार स्वास्थ्यका लागि राम्रा छैनन् । मङ्गलबारदेखि मात्र काम बन्न थाल्नेछ । हौसला घट्ने छैन । मित्र असल खालका छन् भने पारिवारिक सहयोगले पनि प्रशस्त भरथेग गर्नेछ ।

तुला (रा रि रु रे रो ता ती तू ते) खर्च नभईकन कुनै पनि काम बन्ने छैन । अलिकति पैसा थपेमा केही गतिला कामसमेत बन्न सक्छन् । मित्रको सहयोग मिलिरहला । विशेष गरेर प्राविधिकखाले कामबाट प्रशस्त आर्जन गर्न सक्नुहुनेछ । खर्च नघटे पनि आय राम्रो हुनाले चिन्ता भने लिनुपर्ने स्थिति छैन ।

वृश्चिक (तो ना नि नू ने नो या यि यू) मनमा डर लागिरहला तैपनि सातालाई खराब भन्न सकिन्न । सुरुकै दिनमा इष्टमित्रसँग भेट हुने र भोजभतेरको कार्यक्रम बन्न सक्छ । ज्यादा मनोरञ्जन नगर्नुहोस्, ́गडासमेत पर्न सक्ने सम्भावना छ । स्वास्थ्यको स्थिति मध्यम मात्र रहला ।

धनु (ये यो भा भी भू ध फा ढा भे) यो सातामा भोजभतेर गर्नुपर्ने बाध्यता पर्ला भने त्यसैका लागि खर्च पनि प्रशस्तै हुनेछ । पैसाको बचत होला जस्तो छैन । मङ्गलबारको बेलुकीदेखि मात्र केही सुधार आउला । साथीको मात्रै भर नपर्नुहोस् । बरु शिक्षामा समय दिए प्रशस्त उपलब्धि हुन सक्छ ।

मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी) अलिअलि आय त भइरहला तर त्यसले तपाईंको बढ्दो आवश्यकतालाई पूरा गर्न सक्दैन । हालको ग्रह स्थितिले कुनै पनि क्षेत्रलाई पूर्णता दिने देखिन्न । सामान्य खाले फाइदा मात्रै लिन सक्नुहुनेछ । जागिरतिरसमेत सन्तोष हुने छैन । पीपलमा नित्य जल हालिरहनुहोस् ।

कुम्भ (गू गे गो सा सी सु से सो दा) यो सातालाई राम्रै रूपमा लिन सकिन्छ । पहिलेको जस्तो विकृति हाल देखिन्न । काम गर्ने हौसला बढी नै रहला । मित्र असल खालका छन् भने गतिलो सहयोग दिनेछन् । समाजमा प्रतिष्ठा बढिरहेको छ । नेतृत्व शक्ति पनि विकसित भएर आएको छ ।

मीन (दी दू थ झ दे दो चा ची) सातालाई राम्रो रूपमा लिन सकिन्छ । शनिबारको दिनमा मनमा शङ्का र भय भए पनि आइतबारबाट त्यो हट्दै जाला । गरेका काम अलिकति विलम्ब भएर बन्दै जानेछन् । बचत त हुने छैन तर आर्थिक स्थिति हाल पहिलेको भन्दा प्रशस्त सप्रिएको छ ।

आजका पपुलर पोष्टहरु हेर्नुहोस् ।

सम्बन्धित खबरहरु