काठमाडौ । अहिले एक जना अफ्रिकन भिडियो प्लाटफर्म टिकटकमा खुबै भाइरल छन् ।

उनी नेपाली, भारतिय लगायत विश्वभरीका जुनसुकै गीतमा राम्रोसँग लिप्सिङ्ग दिन सक्छन् ।

उनको प्रस्तुतीका कारण उनी अति नै लोकप्रिय भइरहेका छन् । नेपाली युवतीहरुले समेत कालु तिमी नेपाल आउ नेपालमा केटीहरुको हारालुछमा पर्नेछौ भन्ने क्याप्सन राखेर भिडियो पोष्ट गरिरहेका हुन्छन् ।

नेपाली गीतमा उनको लिप्सिङ्ग मिलाएर बनाएका भिडियोमा लाखौँ भ्यूज आइरहेको छ । उनले खासगरी बलिउड गीतहरूको लोकप्रियता बढाएका छन् ।

इन्टरनेटको माध्यमबाट तान्जानियाका यी जोडीले बलिउडका गीतहरु खुबै भाइरल बनाएका छन् । सामाजिक सञ्जालमा धेरैले हिन्दी फिल्मका गीतमा लिप्सिङ्ग गरेको देख्न सकिन्छ ।

एक तान्जानियाली दाजु–बहिनीको भिडियो भाइरल भयो जसमा उनीहरू २०१३ को हिन्दी फिल्म आशिकी २ को एउटा गीत (तुम ही हो) मा लिप्सिङ्ग गरिरहेको देख्न सकिन्छ। त्यसपछि उनीहरुले धेरै हिन्दी गीतहरुमा लिप्सिङ्ग गरेका छन् ।

यसपछि अहिले फेरी यी दुबै सत्यमेव जयते २ को गीत (कुसु कुसु) मा नाचिरहेका छन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नोरा फतेहीको नृत्य रहेको यो गीतमा जाहरा एस खानले स्वर दिएकी छिन् । गीतले पहिले नै १२० मिलियन भन्दा बढी भ्यूहरू प्राप्त गरिसकेको छ र अझै गणना भइरहेको छ।

उनीहरुले नेपाली गीतमा समेत भिडियो बनाएका छन् । यतिमात्र हैन हिन्दी गीतमा नाचेको र लिप्सिङ्ग दिएको उनीहरुको भिडियोमा धेरै नेपालीहरुले नेपाली गीतमा मिलाएर राखेरपनि भिडियो पोष्ट गरेका छन् ।

उक्त भिडियोहरुपनि खुबै भाइरल छ । भाइरल बनेका युवक तान्जानियाका किली पल हुन् । उनी टिकटकमा मात्र हैन इन्ष्टाग्राममापनि पपुलर छन् । टिकटकमा उनले १.७ एम 1.7M फलोअर्स कमाइसकेका छन् ।

इन्ष्टाग्राममापनि १९८ के 198K फलोअर्स भइसकेको छ । उनी साधारण व्यक्ति हुन् । खासै लेखपढपनि छैन । सामाजिक सञ्जाल आएपछि उनी आदिवासीको पोसाकमा नै आए । उनको हेराई र मुस्कान निक्कै मोहित गर्नेखालको छ ।

उनको घर अति दुर्गम गाउँमा छ । उनीहरुको घर बाँसको टाटीमा माटो लिपेको गाह्रो र जस्ताले छाएको छाप्रो छ । त्यही घर अगाडी धेरै भिडियो बनाएको देखिन्छ । कपडामा कुनै फेसन छैन । एकसारो कपडा बेरिएको मात्र देखिन्छ ।

भिडियोमा देखिने र यहाँ तस्वीरमा देखिएका किली पल र नीमा पल हुन् । उनीहरु तान्जानियाली दाजुबहिनी हुन् ।

उनकी बहिनी नीमालाई अङ्ग्रेजीमा असहज छ । तरपनि राम्रो गरिरहेका छन् । “अनुभव धेरै राम्रो थियो, हामीले रमाइलो गर्‍यौं। गीत एकदमै राम्रो छ हामी दाजु बहिनी खुबै रमाइरहेका छौ उनीहरुले भने ।”

१.७ मिलियन भन्दा बढी फलोअरहरू भएका लोकप्रिय टिकटक स्टार किलीले आफ्नो इन्स्टाग्राम फलोअर्सलाईपनि टिकटकका भिडियो साझा गर्छन् ।

उनी भन्छन्, “भारतीयहरूले हामीलाई कसरी समर्थन गरेका छन् भन्नेमा अचम्म लागेको छ। नेपाली र भारतीयको प्रेम देखेर हुरुक्कै भएका छौ । अब मैले मेरा दर्शक, श्रोताहरू आफै केही गरौँ भन्ने सोच्न थालेको छु ।

अहिलेसम्म त अरुको गीतको नक्कल गरिरहेको छु । वास्तविक दक्षिण एसियाले माया गरेको देखेर आफैंबाट उत्कृष्ट केही ल्याउनेछु।

म भारतमा थप लगानी गर्छु। म नृत्य प्रचलनहरूमा रहेको लिप्सिङ्ग गीतहरू, कमेडीहरू समात्ने प्रयास गर्नेछु। भारत र नेपालका दर्शकहरु तयार रहनुहोस्, हामी चाँडै आउँदैछौं।

सम्बन्धित खबरहरु