काठमाडौं । डाक्टरले दुई सन्तान र श्रीमतीको हत्या गरेका छन् । भारतमा एक डाक्टरले आफ्ना दुई सन्तान र श्रीमतीको हत्या गरेका हुन् ।

भारतको उत्तर प्रदेशको कानपुरमा यस्तो घटना घटेको भारतीय सञ्चारमाध्यहरुले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार डा. सुशील कुमारले आफ्ना दुई सन्तान र श्रीमतीको हत्या गरेको खुलेको हो । उनले हत्यापश्चात आफ्ना भाइलाई प्रहरी बोलाउन म्यासेज गरेका थिए ।

प्रहरी त्यहाँ पुग्दा डा. सुशील भने फरार भइसकेका थिए । प्रहरीले एउटा नोट बरामद गरेको छ । नोटमा ओमिक्रोनका कारण मैले हत्या गरेँ । अब यिनीहरुको शव गन्नु पर्दैन भनेर लेखिएको थियो ।

प्रहरीका अनुसार डा. सुशीलले ४८ वर्षीय श्रीमती, १८ वर्षीय छोरा र १० वर्षकी छोरीको हत्या गरेका हुन् । प्रहरीका अनुसार डा. सुशील डिप्रेशनका बिरामी हुन् ।

सम्बन्धित खबरहरु