काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा खान र अभिनेता अर्जुन कपुरको छुट्टी मनाइरहेको तस्विर फेरि भाइरल भएको छ ।

दुबैले माल्दिभ्समा रमाइलो समय बिताइरहेका छन् । हालै मलाइका र अर्जुनको ब्रेकअपको खबर चर्चामा आएको थियो ।

अहिले दुवैको भर्खरको तस्बिरले सबै समाचारलाई अफवाह साबित गरेको छ । तस्विरमा दुबै सँगै नदेखिए पनि लोकेशन भने एउटै छ ।

मलाइका अरोडा र अर्जुन कपुरले माल्दिभ्समा छुट्टी मनाइरहेको तस्विरले इन्टरनेटमा सबैको ध्यान खिचेको हो । दुबैले रिसोर्टमा रमाइलो समय बिताइरहेका छन् ।

उनीहरूले आफ्ना अनुयायीहरूलाई यसको झलक पनि दिएका छन् । अर्जुन र मलाइकाले आफ्नो इन्स्टाग्राम स्टोरीमा छुट्टाछुट्टै तस्विर पोस्ट गरेका छन् । अर्जुनले मोनोक्रोम फोटो सेयर गर्दै आफ्ना फलोअर्सलाई सोधे, ‘म कहाँ छु ?’

यसै क्रममा मलाइका अरोडाले बिकिनीमा तस्विर शेयर गरेकी छिन् । एउटा तस्बिरमा उनी घाममा सुतेकी छिन् । उनले आफ्नो सुन्दर सेल्फी शेयर गरेकी छिन् । पोखरीको छेउमा सुत्दा उनले अचम्मको पोज दिएका छन् ।

अर्जुनले आफ्नो एउटा तस्विर सेयर गरेका छन् जसमा उनी बसिरहेको देख्न सकिन्छ । अर्जुनको यो तस्बिर मलाइकाले क्लिक गरेको मानिसहरुले अनुमान गरेका छन् ।

योसँगै मलाइका आफ्ना तस्विरमा फरक–फरक पहिरनमा देखिएकी छिन् । उनले फ्लोरल प्रिन्ट सेतो टप, जिम वेयर र बिकिनीमा तस्बिर सेयर गरेकी छिन् ।

जिम वेयरमा मलाइकाको तस्बिर हेरेर उनी छुट्टिको दिन पनि वर्कआउट गरिरहेकी छिन् भन्ने थाहा हुन्छ । उनको फिट शरीरको पछाडि उनको धेरै मेहनत रहेको छ ।

अर्जुन कपुरले पनि माल्दिभ्सको सुन्दर दृश्य देखाएका छन् । सुनौलो घाम र चम्किलो तारालाई उनले आफ्नो क्यामेरामा कैद गरेका छन् । उनीहरुले आफ्ना अनुयायीहरूको लागि मनमोहक फोटोहरू साझा गरेका हुन् ।

सम्बन्धित खबरहरु