काठमाडौ । पछिल्लो समय सागर लम्साल बले र प्रिज्मा खतिवडा फेरी एका–एक चर्चामा आएका छन् ।

टिकटकबाट उदाएकी प्रिज्मा र भद्रगोल टिभी सिरियलबाट आएका बले केही वर्षदेखि प्रेममा रहेको चर्चा चुलिएको थियो । उनीहरुले यसवारे सार्वजनिक अभिब्यक्ति पनि दिएका थिएनन् ।

प्रेम होइन भनेर पनि भनेका थिएनन् । तर प्रेम पिडा सम्झेर प्रिज्मा खुबै रोएकी छिन् । उत्सव रसाईलीसँगको कुराकानीमा प्रिज्मा खुबै रोएकी छिन् ।

रिलेशनसीपमा कुनै रेष्पेक्ट नभएको भन्दै उनी रोएकी छिन् । प्रिज्मा–प्रिन्सी प्रेम पिडा सम्झेर दुबै रोएका छन् । तर उनीहरु अर्का जुम्ल्याहा अमर अमृत दाहालसँग एकदिन राम्रो सम्बन्ध रहेको दावी गरेका छन् ।

सामाजिक सञ्जाल टिकटकमा उनीहरुलेसँगै बनाएका धेरै भिडियोहरु छन् । उनीहरुले धेरै म्युजिक भिडियो पनि सँगै गरेका थिए ।

फागुनमा बिहे गर्ने चर्चा पनि चलिरहेको थियो । प्रेममा रहेको चर्चा चलेपनि यी दुईले आफूहरु प्रेममा रहेको खबरलाई स्वीकार गरेका भने थिएनन । यतिबेला भने यी दुई अलग भएको खबरले फेरी चर्चा पाएको छ ।

प्रायः सामाजिक सञ्जालमा सँगै देखिने उनीहरु पछिल्लो समय भने एकअर्कासँगको भिडियो पोस्ट गरेका छैनन् । उनीहरु म्युजिक भिडियोमा पनि सँगै देखिन छाडेका छन् ।

उनीहरु अहिले अलग भएको जनाइएको छ । स्रोतले बिहेको कुरा नमिल्दा सम्बन्धमा दरार आएको दावी गरेको छ । तर, यी दुईजना अहिले पनि आफूहरुको सम्बन्धलाई स्वीकार्न तयार छैनन् ।

ब्रेकअपको हल्लाबारे सोधिएको प्रश्नमा प्रिज्माले भनिन्, ‘ब्रेकअप हुन त पहिले रिलेसनमा बसेको हुनुपर्‍यो नि । उहाँसँग को आर्टिस्टको सम्बन्ध मात्र हो । उहाँ (बले) लाई सँधै सर भनेर बोलाएकी छु ।

नभएको सम्बन्ध कसरी ब्रेकअप भयो ? म्युजिक भिडियो आयो भनेर भविष्यमा नगर्ने कुरै छैन ।’ तर यो कुरा अलिक अघिको थियो ।

सँगै काम गर्दा दर्शकले कपल हो भनेको कुरा चै स्वीकार्नु पर्छ । तर कहिले प्रेम, कहिले ब्रेकअप भयो भन्ने कुरा आइरहेको हुन्छ । यसले अलिक नराम्रो लाग्छ । बिहे कै मिति तोकिदिँदा बाबा आमालाई अलिक नराम्रो लागेको छ । मिडियाले नै बिहेको हल्ला चलाउनुभयो, ब्रेकअपको कुरापनि चलाउनुभयो । अनि गाली चै छोरी मान्छेलाई । १५ सेकेण्डको टिकटकेसँग के टिक्थ्यो सम्मका कमेण्ट देख्दा सारै नराम्रो लागेको छ । भन्दै प्रिज्मा रुन थालिन् ।

अमर अमृतसँग सम्बन्ध बनेर बलेसँग छुटेको होला भनेर मिडियाले लेखेको छ । यो सत्य हैन । खुबै दुख लाग्छ । हाम्रा राम्रा काम कति छन् । मिडियाले देखाउँदैन । तर हाम्रा नराम्रा कथा बुनेर देखाउँछ भन्दै प्रिन्सीपनि रोइन् ।

प्रिज्मा–प्रिन्सीले उत्सव रसाईलीसँग खुब खुलेर कुरा गरेका छन् । उनीहरुले रिलेशनसीपमा पिडा पाएको कुरा भने खुलेरै भनेका छन् ।

सम्बन्धित खबरहरु