एजेन्सी । भारतको नयाँ दिल्लीबाट अमेरिकाको नेवार्क सहरका लागि उडेको विमान पुनः नयाँ दिल्ली फर्किएको छ । जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएको हो ।

मेडिकल आपतकालका कारण तीन घन्टाको उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेको एयर इन्डियाको विमान नयाँ दिल्ली फर्किएको छ, एयर इन्डियाका एक अधिकारीले भने ।

विमानस्थल अवतरणपछि चिकित्सकहरुको एउटा समूह विमानभित्र विरामीको परीक्षण गरेको थियो । समूहले तत्कालै विरामीलाई मृत घोषित गरेको थियो ।

मृत भएका व्यक्ति अमेरिकी नागरिक रहेको जनाइएको छ । मृतकलाई सोही विमानमार्फत अमेरिका पठाइएको छ।

आफूलाई जन्मन दिएको भन्दै आमाकी चिकित्सकविरुद्ध अदालतमा मुद्दा दायर

एजेन्सी । बेलायतमा रहेकी एक महिला एभी टूम्ब्सले आफूलाई जन्मन दिएको भन्दै आमाकी चिकित्सकविरुद्ध अदालतमा मु,द्दा दायर गरेकी छन् । लन्डन उच्च अदालतले टूम्ब्सको पक्षमा फैसला गर्दै चिकित्सकको लापरवाहीका कारण उनको शरीरमा समस्या रहेकाले लाखौं पाउन्ड बराबरको क्षतिपूर्ति तिराउन आदेश दिएको छ ।

२० वर्षीया घोडचढी महिला टूम्ब्सलाई स्पाइना बा,इफिडा नामक रोग छ । उक्त रोग लागेको व्यक्तिको मेरुदण्ड जन्मको बेलामा राम्ररी विकसित भइसकेको हुँदैन । यस अवस्थाका कारण टूम्ब्सको शरीरमा दिनको चौबीसै घन्टा ट्युब राखिन्छ र उनले धेरै हिँडडुल गर्न पाउँदिनन् । उमेर बढ्दै जाँदा उनी ह्वीलचेयरमा आश्रित हुनुपर्नेछ ।

आफूलाई रोगी अवस्थामा पु¥याउनका लागि चिकित्सक जिम्मेवार रहेको भन्दै टूम्ब्सले मु,द्दा दायर गरेकी हुन् । सन् २००१ मा जन्मेकी एभी आमाको गर्भमा रहँदा उनको स्वास्थ्यका विषयमा डा फिलिप मिचेलले उनकी आमालाई राम्ररी नबताएको आरोप टूम्ब्सले लगाएकी छन् ।

डा मिचेलले आमालाई फोलिक एसिड सप्लिमेन्टहरू लिनका लागि सल्लाह दिएनन् । त्यो लिएको भए स्पाइना बाइफिडाको जोखि कम हुने थियो ।

आमालाई सही सल्लाह दिएको भए बच्चा पाउने कामलाई स्थगित गर्ने वा बच्चा नै नजन्माउने निर्णय लिन सक्ने दाबी एभीले गरेकी छन् ।

सम्बन्धित खबरहरु