काठमाडौं । ज्योतिष शास्त्रका अनुसार ग्रहको अशुभ प्रभावले मानिसको जीवनमा नराम्रो असर पर्छ ।

ग्रहको अशुभ प्रभाव कम गर्न विभिन्न रत्न÷माला धारण गर्न सल्लाह दिइन्छ । ज्योतिष शास्त्रमा १२ राशि छन् ।

प्रत्येक राशिलाई एक ग्रह द्वारा शासन गरिन्छ । कन्या राशिमा स्वामी ग्रहको पूर्ण प्रभाव छ ।

आज यो लेख मार्फत हामी तपाईलाई राशि अनुसार कुन रत्न लगाउनु पर्छ भन्ने जानकारी दिनगइरहेका छौं ।

मेष : मेष राशिको स्वामी मंगल ग्रह हो । ज्योतिष शास्त्र अनुसार यस राशिका मानिसहरुले कोरल लगाउनु पर्छ ।

वृष : वृष राशिलाई शुक्र ग्रहले चलाउछ । ज्योतिष शास्त्र अनुसार यस राशिका व्यक्तिले हिरा, ओपल वा जर्कन लगाउनु पर्छ ।

मिथुन : मिथुन राशिका स्वामी बुद्धदेव हुन् । ज्योतिषशास्त्रका अनुसार यो राशिका व्यक्तिले पन्ना लगाउनु पर्छ ।

कर्कट : कर्कट राशिको स्वामी चन्द्रमा हो । ज्योतिष शास्त्र अनुसार यस राशिका व्यक्तिले मोती लगाउनु पर्छ ।

सिंह : सिंह राशिको स्वामी सूर्य हो । ज्योतिष शास्त्रका अनुसार यो राशिका मानिसले रुबी पहिरन लगाउनु पर्छ ।

कन्या : कन्या राशिका स्वामी पनि बुद्धदेव हुन् । ज्योतिषशास्त्रका अनुसार यो राशिका व्यक्तिले पन्ना लगाउनु पर्छ ।

तुला : तुला राशिको स्वामी शुक्र हो । ज्योतिष शास्त्र अनुसार यस राशिका व्यक्तिले हिरा, ओपल वा जर्कन लगाउनु पर्छ ।

वृश्चिक : वृश्चिक राशिको स्वामी मंगल हो । ज्योतिष शास्त्र अनुसार यस राशिका मानिसहरुले कोरल लगाउनु पर्छ ।

धनु : धनु राशिका स्वामी देवगुरु बृहस्पति हुन् । ज्योतिष शास्त्र अनुसार यस राशिका व्यक्तिले पुखराज लगाउनु पर्छ ।

मकर : मकर राशिका स्वामी शनिदेव हुन् । ज्योतिष शास्त्रका अनुसार यो राशिका व्यक्तिले नीलम धारण गर्नुपर्छ ।

कुम्भ : कुम्भ राशिका स्वामी पनि शनिदेव हुन् । ज्योतिष शास्त्रका अनुसार यो राशिका व्यक्तिले नीलम धारण गर्नुपर्छ ।

मीन : मीन राशिका स्वामी देवगुरु बृहस्पति हुन् । ज्योतिष शास्त्र अनुसार यस राशिका व्यक्तिले पुखराज लगाउनु पर्छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु