काठमाडौं । म्यानमारको मुख्य सहर याङ्गुनमा सैनिकहरूले प्रदर्शनकारीहरूमाथि गाडी चलाएको छ ।

त्यस घटनामा कम्तीमा चार प्रदर्शनकारीको मृत्यु भएको हो । धेरै मानिसहरु घाइते समेत भएका छन् । प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीलाई ठक्कर दिनुअघि नै गाडीले गति लिएको थियो ।

सैनिक सरकार विरुद्ध प्रदर्शन सुरु हुनेबित्तिकै सेनाले आन्दोलनकारीलाई भगाएको उनको भनाइ छ । यस प्रदर्शनका क्रममा सशस्त्र बलले धेरैलाई पक्राउ समेत गरेको छ ।

मारिएका प्रदर्शनकारीले हिं'सा सुरु गरेको सेनाले जनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार बिहान भएको यस घटनामा मारिनेको संख्या पाँच हुनसक्छ ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्विरहरूमा सेनाको गाडी मानिसमाथि चढेको देख्न सकिन्छ । बिहान अशान्ति भए पनि दिउँसो याङ्गुनमा अर्को विरोध प्रदर्शन भयो ।

म्यानमारमा सैनिक सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । कहिलेकाहीँ आन्दोलनकारीहरू सानो समूहमा हुन्छन् र सेनाविरुद्ध नारा लगाउँछन् ।

विपक्षी दलको छायाँ सरकार निर्दोष आन्दोलनकारीको मृत्युले दुःखी भएको बताएको छ । आइतबारको हमलापछि राष्ट्रिय एकता सरकारको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेनाको अमानवीय कार्यको कडा जवाफ दिने बताएको छ ।

आइतबार बिहानको हिंसाका एक प्रत्यक्षदर्शीले रोयटर्सलाई भने, ‘मलाई ट्रकको अगाडि ठक्कर दिइयो र लडेको थियो ।

एक सिपाहीले मलाई आफ्नो हतियारको बटले दियो तर मैले उसलाई पछाडि धकेले । त्यसैले उसले मलाई पछाडिबाट हतियार प्रयोग गर्यो । सौभाग्यवश म बचें ।’

दुई प्रत्यक्षदर्शीका अनुसार सिपाहीहरूले भरिएको कार पछाडिबाट प्रदर्शनकारीमाथि दौडियो । त्यसपछि तितरबितर भएका आन्दोलनकारीमाथी खनिए । सेनाविरुद्धको प्रदर्शनमा अहिलेसम्म कम्तिमा १३ सय जनाको मृत्यु भइसकेको छ ।

 

सम्बन्धित खबरहरु