काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ ।

उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी शोका लागि विदेश जाँदै गरेको बताइएको छ ।

ज्याकलिन केही समयदेखि तिहाड जेलमा रहेर २०० करोड भारु बरामद गरेका सुकेश चन्द्रशेखरसँग जोडिएपछि चर्चामा छिन् ।

हालै ईडीको रिपोर्टमा सुकेशले ज्याकलिनलाई करोडौंको उपहार दिएको बताएको थियो । वास्तवमा ज्याकलिन फर्नान्डिस एक कार्यक्रमका लागि विदेश जाने तयारीमा थिइन् ।

उनको मुम्बई विमानस्थलबाट उडान थियो, तर उनलाई रोकियो । जानकारीका अनुसार ईडीको लुक आउट सर्कुलरका कारण ज्याकलिनलाई विमानस्थलमा रोक लगाइयो र विदेश जान दिइएन ।

ईडीका अनुसार सुकेश र ज्याकलिनबीच जनवरी २०२१ बाट कुराकानी सुरु भएको थियो । सुकेशले ज्याकलिनलाई भारु १० करोड उपहार पनि दिएका छन् ।

जसमा गरगहना, हीरा, ३६ लाखको चार पर्शियन बिरालो र ५२ लाखको घोडा समावेश छ । सुकेश जेलमा हुँदा ज्याकलिनसँग फोनमा कुरा गर्थे । यससँगै सुकेश जमानतमा जेलबाट बाहिर आएपछि उनले चेन्नईको लागि चार्टर्ड फ्लाइट बुक गरेका थिए ।

उनले ज्याकलिनका लागि मुम्बईदेखि दिल्लीसम्मको फ्लाइट बुक गरेका थिए । त्यसपछि दुवै चेन्नईको एक होटलमा बसे । सुकेशले निजी जेटमा ८ करोड खर्च गरे ।

सुकेशले ज्याकलिनका भाइलाई पनि पैसा पठाएका थिए । ईडीले यस मामिलामा ज्याकलिनसँग सम्बन्धित व्यक्तिहरूसँग पनि सोधपुछ गरेको छ ।

 

सम्बन्धित खबरहरु