एजेन्सी । कुकुरले ९ वर्षीया आफ्नी छोरी करणी गरेको भन्दै आमाले दिएको उजुरीका आधारमा कुकुर पक्राउ परेको छ ।

अमेरिकामा एक महिलाले आफ्नी ९ वर्षीया छोरीलाई आफ्नो घरपालुवा कुकुरले करणी गरेको आरोप लगाएकी छन् । जसका कारण प्रहरी र भेटेरिनरी विभागले कुकुरलाई ‘पक्राउ’ गरेको हो ।

अनुसन्धान टोली महिलाको सिद्धान्तमा विश्वस्त नभए पनि अहिले बालिकाको डीएनए नमूनाबाट करणी प्रकरणको रहस्य पत्ता लगाउने प्रयास भइरहेको छ । महिलाले आफ्नो दोस्रो श्रीमानलाई बचाउनका लागि कथा रचेको प्रहरीको अनुमान छ ।

महिलाले कुकुरलाई आरोप लगाइन्

‘द सन युके’को रिपोर्टका अनुसार मेक्सिकोकी एक महिलाले आफ्नी ९ वर्षीया छोरीलाई करणी गरेको परिवारको घरपालुवा कुकुरलाई दोष लगाएर अनुसन्धान टोलीलाई सुम्पिइन् । सोधपुछका क्रममा महिलाले बारम्बार कुकुरलाई दोष दिएकी थिइन् र त्यतिबेला नाबालिग छोरीसँग कुकुर मात्रै रहेको दाबी गरिन् ।

अनुसन्धान टोलीले पाल्तु कुकुरलाई नियन्त्रणमा लिएको छ भने बालिकाको चिकित्सकले उपचार गरिरहेको छ । तर अधिकारीहरूले महिलाको कथालाई शंका गरे र बालिकाको सौतेनी बुबालाई पक्राउ गरे। उनीमाथि सोधपुछ भइरहेको छ ।

महिलाले आफ्नो दोस्रो श्रीमानलाई बचाउन यो कथा बनाएको प्रहरीको अनुमान छ । हाल उक्त घटनामा को जिम्मेवार छ भन्ने पत्ता लगाउन बालिकाको डीएनए नमूना परीक्षण भइरहेको छ ।

साथै महिलामाथि पनि अनुसन्धान भइरहेको छ । उनको मानसिक अवस्था आदिको पनि जाँच भइरहेको छ । अहिले डिएनए रिपोर्ट आएपछि मात्रै कुरा खुल्ने छ ।

 

सम्बन्धित खबरहरु