काठमाडौ । सानो गल्तीले पनि कहिलेकाहीँ मान्छेको ज्यान लिन्छ ।

नोएडा–ग्रेटर नोएडा एक्सप्रेसवेमा यस्तै घटना देखियो जहाँ कारमा पानीको बोतलका कारण इन्जिनियरको मृत्यु भयो। अल्पआयुमा नै भएको मृत्युले इन्जिनियरको परिवार उजाड्यो ।

दिल्लीका इन्जिनियर अभिषेक झा एक साथीसँग कारमा ग्रेटर नोएडा जाँदै थिए।

त्यही क्रममा सडकको छेउमा राखिएको ट्रकसँग अभिषेकको कार ठोक्किएपछि उनको ज्यान गएको थियो भने साथी गम्भीर घाइते भएका थिए । कारमा रहेको पानीको बोतलका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अभिषेकले कार चलाउँदै गर्दा सिटको पछाडि राखिएको पानीको बोतल चिप्लिएर अभिषेकको खुट्टा नजिक आयो ।

ट्रक नजिकै देखेपछि अभिषेकले कारलाई कन्ट्रोल गर्न ब्रेक लगाए तर ब्रेक पेडल मुनि रहेको बोतल पस्यो । बोटलका कारण ब्रेक लगाउन नसक्दा कार ट्रकसँग ठोक्कियो ।

सेक्टर १४४ नजिकै भएको उक्त दुर्घटनामा गाडी चलाउँदै आएका अभिषेकको मृत्यु भएको प्रहरीले जनाएको छ । जानकारीका अनुसार अभिषेक झा ग्रेटर नोएडाको एक कम्पनीमा इन्जिनियर थिए ।

प्रहरीका अनुसार अभिषेक आफ्ना साथीसँग शुक्रबार राति रेनो ट्राइबरको गाडीमा नोएडाबाट ग्रेटर नोएडाका लागि प्रस्थान गरेका थिए।

यसैबीच सेक्टर १४४ नजिकै उनको तीव्र गतिमा रहेको कार क्षतिग्रस्त ट्रकसँग ठोक्किएको थियो ।

रिपोर्टका अनुसार ब्रेक पेडल मुनि पानीको बोतल आएर दुर्घटना भएको हो । तपाईहरुपनि समाधान रहनुहोस् । नेपालका चालकहरुपनि सिटमा पानीका बोटल बोकेर हिडिरहेका हुन्छन् । सचेत रहनुहोस् । सावधान रहनुहोस् ।

 

सम्बन्धित खबरहरु