काठमाडौं । बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो ५:३० मा दुर्घटनामा परेको हो ।

अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा परेको जानकारी दिइएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । अटो चालक भने फरार रहेको छ ।

सम्बन्धित खबरहरु