काठमाडौं । म्यानमारकी अपदस्थ नेता आङ सान सुकी र विन मिन्टलाई चार वर्ष जेल सजाय सुनाइएको छ । उनीहरुलाई प्राकृतिक प्रकोपसम्बन्धी कानुनको उल्लङ्घन गर्नुका साथै जनता भड्काएको आरोपमा चार–चार वर्षको जेल सजाय सुनाइएको हो ।

आङ सान सुकीको जन्म १९ जुन १९४५ मा भएको थियो । बर्माकी राजनितिज्ञ तथा नेशनल लिग फर डेमोक्रेसी पार्टीकी अध्यक्ष हुन । म्यानमारमा सेना सत्तामा आएपछि सुकीसहितका धेरै नेताहरु नजरबन्द छन् ।

अहिले पनि म्यानमारमा सरकारविरुद्ध आन्दोलन भइरहेको छ । म्यानमारको सेनाले सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीलाई गत नोभेम्बरमा भएको चुनावमा जालसाझी गरेर जितेको आरोप लगाएको छ ।

निर्वाचनका निरीक्षकहरूले भने चुनाव स्वतन्त्र र निष्पक्ष भएको बताएका थिए । म्यानमारको सेनाले ‘कू’ गरेयता लोकतन्त्रका समर्थकहरूले गरेको प्रदर्शनमाथि क्रूरताले नियन्त्रणमा लिने प्रयास गरेको छ ।

सम्बन्धित खबरहरु