काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुग्नु भएको छ । रुसी राष्ट्रपति पुटिन औपचारिक भारत भ्रमणमा पुग्नु भएको हो ।

विदेश भ्रमण निकै कम गर्ने पुटिन भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन सोमबार भारत पुग्नुभयो । भारत र रुसका बीचमा सोमबार विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

विशेष गरेर सैनिक सेवाका लागि आवश्यक पर्ने कामका लागि सहयोग र सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंह र रुसका समकक्षी सेर्गेइ शोयगुको सहभागीतामा भएको बैठकपछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

“भारतलाई रुसले गरेको बलियो सहयोगको भारत गहिरोसँग स्वागत गर्दै धन्यवाद ज्ञापन गर्दछ,” भारतका विदेश मन्त्री सिंहले भन्नुभयो । भारत र रुसकाबीचमा भएको सहयोग र सहकार्यको आदानप्रदानको सम्झौताले यस क्षेत्रमा शान्ति र स्थीरता स्थापना गर्न सहयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “रुसी समकक्षीसँगको भेटवार्ता अत्यन्त उपलब्धीमुलक र उपयोगी भयो ।” भारतले रुससँगको सहकार्य र सम्झौतालाई विशेष महत्वका साथ लिएको र रणनीतिक साझेदारको रुपमा बुझेको उहाँको भनाई छ ।

सम्बन्धित खबरहरु