काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई आइतबार साँझ मुम्बई विमानस्थलबाट पक्राउ गरिएको छ । उहाँ सलमान खानको ‘द-ब्याङ’ टुरका लागि रियाद जाँदै हुनुहुँदैथ्यो ।

फर्नान्डिजसँग दुई सय करोडको मनी लन्ड्रिङ मुद्दामा सोधपुछ भइरहेको छ । यो मुद्दा ठगी मुद्दामा फसेका सुकेश चन्द्रशेखरसँग सम्बन्धित छ । यस सम्बन्धमा उहाँलाई विमानस्थलमै रोकिएको हो ।

ज्याकलिनको विरुद्धमा प्रवर्तन निर्देशनालय (ईडी) द्वारा ‘लुकआउट नोटिस’ जारी गरिएको छ, जसले केसको अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ईडीले यस मामिलामा अभिनेत्री नोरा फतेहीलाई पनि सोधपुछ गरेको छ ।प्रवर्तन निर्देशनालयले सुकेश चन्द्रशेखर, उहाँकी पत्नी लीना मारिया पल र अन्य ६ जनाविरुद्ध दुई सय करोड रुपियाँको मनी लान्ड्रिङ मुद्दामा सात हजार पृष्ठको आरोपपत्र दायर गरेको छ।

सम्बन्धित खबरहरु