काठमाडौ । उपरमाथी थुपर भयो भने आ उपहार आएको न हो ! खासै महत्व छैन ।

जसलाई जे अति जरुरी छ, त्यो उपहार दिनुहोस् । उहाँको जीवनबाट तपाईलाई कहिलै भुल्न सकिने छैन । उपहार त त्यस्तो होस् मृत्युपर्यन्त मनस्पटलमा आओस् ।

धनकुमार मगरका लागि नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले दिएको उपहार उहाँको जीवनमा यस्तै बनेको छ । उहाँका लागि मात्र हैन । उपहार के दिनुभयो भनेर थाहा पाउँनेको मनस्पटलमा समेत निक्कै लामो समय बस्नेछ ।

किनकी धनकुमारका लागि जे अति नै आवश्यक थियो, त्यही खोटाङ्ग जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी भट्टराईले उपहार दिनुभयो ।

केही महिना अघि एउटा तस्वीर नेपालमा मात्र हैन विश्वका धेरै देशमा पुगेको थियो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएर बसेको तस्वीर दुनियाँभरी फैलियो ।

सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिनौँ अनलाइन कक्षामा सहभागीता जनाउनुभयो ।

उहाँले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदै आउनुभएको थियो ।

अनलाइन कक्षा सञ्चालन भइरहेका बेला उहाँ रुखमा रहेको डेरामा बस्नुहुन्थ्यो । उहाँका लागि जनप्रतिनिधि भट्टराई द्वारा कम्प्युटर हस्तान्तरण गर्नुभएको छ । भट्टराईले एक समारोहकाबीच आज कम्प्युटर हस्तान्तरण गर्नुभयो। यो उहाँका लागि जीवनमा सम्झिरहने उपहार बन्यो ।

नवलपुर सिम्लेमा मोबाइलबाट खासै इन्टनरनेट चल्दैन । डाटा बल्लतल्ल कनेक्ट हुन्छ । कनेक्ट भइहाले जुम मिटिङमा ज्वइन हुन सम्भव थिएन ।

त्यही कारण पढाई छुट्न थालेपछि उहाँले जुक्ति निकाल्नुभयो । ‘घरभन्दा माथिमाथिका डाँडामा निस्केर प्रयास गरेँ तर कनेक्सन राम्रो देखिएन ।

एउटा रुखको फेदमुनि बसेर चेक गरेँ । त्यहाँ कनेक्सन राम्रो देखायो । रुखमा चढ्दा अझ राम्रो कनेक्सन होला भनेर रुखमा चढेँ । अझ राम्रो कनेक्सन देखायो ।

जुम मिटिङमा जोडिन सफल भएँ,’ छात्र मगरले भन्नुभयो, ‘रुखमै चढेर दुई दिन अनलाइन क्लासमा सहभागी बनेँ । दिनभर रुखमा बसेर क्लासमा सहभागी हुन कठिन भएपछि रुखमै बस्ने डेरा बनाएको थिए समारोहमा उहाँले खुलाउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकाको निर्णय अनुसार ३ असोजबाट भौतिक उपस्थितिमै पठनपाठन सुरु भइरहेको छ । अब भने धनकुमारका लागि यो कम्प्युटर थप सिप विकासका लागि काम लाग्नेछ ।

१६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुनुहुन्छ । उहाँका भाइ नयन कक्षा ८ मा पढ्नुहुन्छ । उहाँहरु आमासँग बसिरहनुभएको छ । अब दाजुभाईले नै मिलेर कम्प्युटरबाट थप अध्ययन गर्ने र सिप विकास गर्ने योजना रहेको उहाँको भनाई छ ।

 

सम्बन्धित खबरहरु