काठमाडौं । एक सैन्य हेलिकोप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पाकिस्तानी सेनाको विमान सोमबार सियाचिनमा दुर्घटनाग्रस्त भएको हो ।

यो हेलिकप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु भएको छ । यो जानकारी पाकिस्तानी सेनाले दिएको हो । दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ ।

पाकिस्तानी सेनाको उड्डयन हेलिकप्टर आज बिहान सियाचिनमा दुर्घटनाग्रस्त भएको छ ।

दुबै पाइलट मेजर इरफान बर्चा र मेजर राजा जीशान जहानजेबले ज्यान गुमाएका हुन् । खोज तथा उद्धारका लागि हेलिकप्टर र सेना घटनास्थलमा छन् ।

सम्बन्धित खबरहरु