काठमाडौं । काठमाडौंमा भएको एक सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका खलाको उपचारको क्रममा मृत्यु भयो । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरको आकाशेपुल नजिकै सडक किनारामा रोकिराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल आज बिहान सवा २ बजेतिर ठोक्किएको थियो । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु