काठमाडौं । हाल देशको कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । पश्चिम तराईका थोरै र मध्य तथा पूर्वी तराईका एक–दुई स्थानमा हुस्सु÷कुहिरो लागेको अवस्था छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम तराईका जिल्ला (कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम) हरुमा हुस्सु लागेको स्थानमा मध्यान्ह तिर सुधार हुने सम्भावना रहेको छ ।

अर्कोतिर मध्य तराईका जिल्लाहरु (चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा) हुस्सु लागेको स्थानमा मध्यान्ह तिर सुधार हुने सम्भावना रहेको छ । त्यस्तै, पूर्व तराईका जिल्लाहरु (सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा) हुस्सु लागेको स्थानमा मध्यान्ह तिर सुधार हुने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार २४ घण्टा सम्म बिहानको समयमा पहाडी तथा तराई भू–भागका थोरै स्थानहरूमा लागेको हुस्सु÷कुहिरो मध्यान्ह तिर क्रमिक रूपमा सुधार हुँदै सम्भावना रहेको छ । देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले चिसो बाट बच्न आवश्यक उपाय अपनाउनु हुन अनुरोध छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु