काठमाडौं । निरन्तर तलमाथि हुँदै आइरकेको सुनको मूल्य घटेको छ । मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारको मूल्यको तुलनामा सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको छ ।

घटेको मूल्य अनुसार आज सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र चाँदी एक हजार १९० रुपैयाँमा कारोबार हुँदैछ ।

सोमबार सुन र चाँदी क्रमशः ९२ हजार रुपैयाँ र एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

अर्कोतिर, तेजाबी सुनको मूल्य समेत गत सोमबारको मूल्य २०० रुपैयाँले नै घट्दै आज ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबरहरु