काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न पाउने भएको छ । नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न पाउने हवाई सेवाको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा निगमले त्यस्ता पदार्थ ओसारपसार गर्न पाउने अनुमति प्रदान गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अनुमतिपत्र प्रदान गर्नुभएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले यो अनुमतिसँगै निगमको आम्दानीको स्रोत बढ्ने विश्वास व्यक्त गर्दै विगतमा खतराजन्य पदार्थ ल्याउँदा व्यवसायीलाई हुने झन्झट पनि यसले अन्त्य गरेको बताउनुभयो ।

प्राधिकरणका महानिर्देशक क्षेत्रीले खतराजन्य पदार्थको अनुमतिपछि निगमको विश्वसनीयता र राजस्व बढ्न सहयोग पुग्ने बताउनुभयो । निगमका कार्यकारी अध्यक्ष अधिकारीले निगमको ६३ वर्षको इतिहासमा पहिलोपटक यस्तो अवसर आएको र यसले कार्गोतर्फ तीन÷चार गुनासम्म आम्दानी बढ्न सक्ने बताउनुभयो ।

सम्बन्धित खबरहरु