काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य लड्ने पत्रकारले राजीनामा दिनु भएको छ । पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पत्रकार महासंघको जिम्मेवारीमा नरहने घोषणा गर्नुभएको हो ।

गृहजिल्ला ओखलढुंगाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेपछि उहाँले सोमबार सामाजिक सञ्जालमार्फत् पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । आफू राजनीतिमा सक्रिय भएकाले महासंघको उपाध्यक्षबाट राजीनामा दिएको उहाँले उल्लेख गर्नुभएको छ ।

पत्रकारहरू पनि दलहरूको अधिवेशनमा धमाधम उम्मेदवार बन्न थालेपछि महासंघले आफ्ना सदस्यहरूलाई पत्रकारिता वा राजनीतिमध्ये एउटा रोज्न भनेको थियो । सोही अनुसार उहाँले राजीनामा दिनुभयो ।

उहाँ नेपाली कांग्रेसको १४ औँ महाधिवेसनमा गृहजिल्ला ओखलढुंगाबाट महाधिवेसन प्रतिनिधि हुनु भएको छ । अधिकारी नेपाली कांग्रेसको १४ औँ महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । यस्तो छ अधिकारीको फेसबुक स्टाटस :

म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महासंघको बिधान,आचार संहिताको पालना गर्नु मेरो प्रमुख कर्तब्य रहेको कुरा मलाइ हेक्का छ।नेपाल पत्रकार महासंघको २६औ महाधिबेशनमा मलाइ आफ्नो अमुल्य मतदिएर महासंघको नेतृत्वमा पुर्याउनुहुने संपुर्ण मतदाताहरुमा हार्दिक आभार ब्यक्त गर्दछु।म महासंघको नेतृत्वमा नरहेपनि तपाइहरुको मतको उच्च सम्मान गर्दै हर हमेशा तपाइहरुको माझ सु:ख दु:खमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तब्य पार्टि राजनिति तिर !!!
May be an image of 1 person, standing and outdoors

सम्बन्धित खबरहरु