काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १६ सय १३ सय कर्मचारीको एकै पटक सरुवा गरेको छ ।

मन्त्रालयले लोकसेवा आयाेगबाट स्थानीय तहमा सिफारिस भएर कार्यरत १६ सय १३ कर्मचारीको मङ्गलबार सरुवा गरेको हो ।

अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै आएका कर्मचारीले दिएको निवेदनका आधारमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

‘लोकसेवा आगोबाट स्थानीय तहमा सिफारिस भएर स्थायी नियुक्ति भएका र अन्तर स्थानीय तह कामकाजमा खटाउन यस मन्त्रालयबाट हालसम्म निवेदन पेश गरेका कर्मचारीलाई मन्त्रालयको निर्णय अनुसार अन्तर स्थानीय तहमा खटाइएको हो’, मन्त्रालयका शाखा अधिकृत रविन्द्रप्रसाद पौडेलले भन्नुभयो ।

सम्बन्धित खबरहरु