काठमाडौं । भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ । नीलगिरीमा सेनाको हेलिकप्टर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । उद्धार कार्य जारी रहेको पनि जानकारी दिइएको छ ।

भारत, तमिलनाडु, उटीमा हेलिकप्टर दुर्घटना भएको हो । जानकारी अनुसार चीफ अफ डिफेन्स स्टाफ (रक्षा कर्मचारी प्रमुख) जनरल विपिन रावत हेलिकोप्टरमा सवार थिए ।

निलगिरीमा सेनाको हेलिकोप्टर दुर्घटना, आपतकालीन टोली घटनास्थलमा पुगेको छ । उद्धार कार्य जारी रहेको छ । जहाजमा रहेका दुईजना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ । रावत पूर्व भारतीय सेना प्रमुख हुन् ।

सम्बन्धित समाचार

जनरल विपिन रावतसहित ४ जना सवार सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त (अपडेट)

Updates : जनरल रावतसहित १४ जना सवार हेलिकप्टर दुर्घटना, ४ जनाको लाश फेला

सम्बन्धित खबरहरु