काठमाडौं । भारतको तमिलनाडुमा सीडीएस विपिन रावतसहितको सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । चीफ अफ डिफेन्स स्टाफ (रक्षा कर्मचारी प्रमुख) विपिन रावत सहित चार जना सवार रहेको सेनाको हेलिकप्टर बुधबार तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको हो ।

 

भारतीय सञ्चारमाध्यमहरुमा अनुसार अहिलेसम्म तीन जनाको उद्धार गरिएको छ । चौथोको खोजी भइरहेको पनि समाचारमा उल्लेख छ । उद्धार गरिएका तीनजनालाई गम्भीर चोट लागेको छ र उनीहरूलाई निलगिरी जिल्लाको अल वेलिंग्टन क्यान्टोनमेन्ट अस्पतालमा लगिएको छ । जहाजमा सवार सबैको अवस्था अझै पुष्टि भएको छैन ।

दुर्घटनाबारे भारतीय वायू सेनाले ट्वीट गरेको छ । एक Mi-17V5 हेलिकप्टर दुर्घटनाग्रस्त भएको सेनाले जानकारी दिएको हो । हेलिकोप्टरमा जनरल बिपिन रावतसहित अन्य बरिष्ठ रक्षा अधिकारीहरु सवार भएको बताइएको छ । सेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्न आदेश पनि दिएको छ ।

https://twitter.com/IAF_MCC/status/1468494305182371845

सम्बन्धित खबरहरु