काठमाडौं । भारतीय सेनाका वरिष्ठ रक्षा अधिकारीहरू सवार सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको छ ।

समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै जनाएको हो । रिपोर्टका अनुसार दुर्घटना निलगिरीमा भएको थियो ।

केही घाइतेलाई अस्पताल लगिएको छ । केही रिपोर्टहरूले जहाजमा १४ जना सवार रहेको बताएका छन् ।

पीटीआईका अनुसार अहिलेसम्म ४ जनाको शव फेला परेको छ भने तीन जना घाइते भएका छन् ।

भारतको तमिलनाडुमा चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतसहितको सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

विपिन रावत सहित चार जना सवार रहेको सेनाको हेलिकप्टर बुधबार तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको हो ।

उद्धार गरिएका तीनजनालाई गम्भीर चोट लागेको छ र उनीहरूलाई निलगिरी जिल्लाको अल वेलिंग्टन क्यान्टोनमेन्ट अस्पतालमा लगिएको छ । दुर्घटनाबारे भारतीय वायू सेनाले ट्वीट गरेको छ ।

एमआई–१७भी५ हेलिकप्टर दुर्घटनाग्रस्त भएको सेनाले जानकारी दिएको हो । हेलिकोप्टरमा जनरल बिपिन रावतसहित अन्य बरिष्ठ रक्षा अधिकारीहरु सवार भएको बताइएको छ । सेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्न आदेश पनि दिएको छ ।

सम्बन्धित खबरहरु