काठमाडौं । भारतीय वायुसेनाको हेलिकप्टर तमिलनाडुको कुन्नूर नजिक दुर्घटनाग्रस्त भएको छ । चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावत जहाजमा थिए ।

सीडीएस बिपिन रावत आफ्नी पत्नी मधुलिका रावतसँग वेलिङ्गटनको डिफेन्स स्टाफ कलेज जाँदै थिए । हेलिकप्टरमा १४ जना सवार थिए । स्रोतका अनुसार ११ जनाको शव फेला परेको छ ।

सीडीएस जनरल बिपिन रावतसँग उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिडर, लेफ्टिनेन्ट कर्नल हरजिंदर सिंह, नाइक गुरेश्वर सिंह, नाइक जितेन्द्र कुमार, लान्स नायक विवेक कुमार, लान्स नाइक बी साई तेजा र हवलदार सतपाल थिए । यो घटनासँग जोडिएको भिडियो सार्वजनिक भएको छ ।

एमआई–१७भी५ हेलिकप्टरमा सवार सबै घाइतेलाई दुर्घटनास्थलबाट बाहिर निकालिएको आधिकारिक स्रोतले जनाएको छ ।

सीडीएस रावत वेलिङ्ग्टनको डिफेन्स स्टाफ कलेज जाँदै थिए तर हेलिकप्टर कुन्नूरको घना जंगलमा दुर्घटनाग्रस्त भयो ।

दुर्घटना यति डरलाग्दो थियो कि चारैतिर आगोको ज्वाला मात्र देखिन्छ । वायुसेनाले दुर्घटनाको छानबिन गर्न आदेश दिएको बताएको छ ।

कतिपयको शव ८० प्रतिशतसम्म जलेको बताइएको छ । शवको पहिचान भैरहेको छ ।

सम्बन्धित खबरहरु