काठमाडौं । भारतीय वायुसेनाले सेना प्रमुख जनरल विपिन रावतको निधन भएको जानकारी दिएको छ । जनरल रावतको हेलिकप्टर आज दुर्घटना भएको थियो । यस दुर्घटनामा उनकी श्रीमतीको पनि मृत्यु भएको छ ।

वायुसेनाका अनुसार यस दुर्घटनामा अन्य ११ जनाको पनि मृत्यु भएको छ । यसअघि तमिलनाडुको निलगिरिसका कलेक्टरले वायुसेनाको हेलिकप्टरमा रहेको चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकप्टरमा १४ जना सवार थिए ।

समाचार एजेन्सी पीटीआईले कलेक्टरलाई उद्धृत गर्दै भनेको छ कि एकजना पुरुष मात्र जीवित छन् । यसअघि तमिलनाडुका वनमन्त्रीले दुर्घटनामा ५ जनाको मृत्यु भएको जानकारी दिएका थिए । यो हेलिकप्टर आज (बुधवार) तमिलनाडुको कुन्नूर नजिकै दुर्घटना भएको हो ।

भारतीय वायुसेनाले ट्विटरमा यो एमआई–१७भी५ हेलिकप्टर भएको जानकारी दिएको छ । समाचार अनुसार सेनाका वरिष्ठ अधिकारी पनि सवार थिए । रिपोर्टका अनुसार यसबारे भोलि अर्थात बिहीबार सरकारबाट विज्ञप्ति आउन सक्छ ।

https://twitter.com/IAF_MCC/status/1468559355868028936

सम्बन्धित खबरहरु