काठमाडौं । युएईमा तीन दिन साप्ताहिक विदा दिइने भएको छ । युनाइटेड अरब इमिरेट्स युएईले साप्ताहिक विदा परिमार्जन गरेको हो ।

शुक्रबारदेखि आइतबारसम्म लागू हुनेगरी सरकारले साप्ताहिक विदा परिमार्जन गरेको हो । त्यहाँको संघीय सरकारले देशभर लागू हुनेगरी साप्ताहिक विदा परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

परिमार्जित नियम सन् २०२२ जनवरी १ देखि लागू हुनेछ । परिमार्जित नियमअनुसार शुक्रबार आधा दिन अर्थात् बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म कार्यालय सञ्चालन हुनेछन् भने शनिबार र आइतबार पूर्ण विदा मिल्नेछ ।

युएईमा हालसम्म शुक्रबार (आधा दिन) र शनिबार (पूर्ण) साप्ताहिक विदा हुँदै आएको छ। परिमार्जित नियमअनुसार सप्ताहबाहेक सोमबार बिहान ७ः३० देखि ३ः३० बजेसम्म कार्यालयहरु खुल्ने बताइएको छ।

सम्बन्धित खबरहरु